सिमसार पुर्ने खतिवडाको टिप्पर महानगरको नियन्त्रणमा

पाेखरा | फागुन २४, २०८०

सिमसार पुर्ने खतिवडाको टिप्पर महानगरको नियन्त्रणमा

पोखरा:     फेवातालको चार किल्ला भित्रको क्षेत्रमा अवैध गतिविधि नगर्न पटक पटक आग्रह गर्दा समेत अटेर गरी माटो उत्खनन तथा फिलिङ कार्यमा संलग्न व्यवसायी युवराज खतिवडाको ट्रक पोखरा महानगरिय प्रहरी बलले नियन्त्रणमा लिएको छ । 


पोखरा १८ सेदिमा प्रेमराज पहारीको जग्गा पुर्ने कार्यमा प्रयोग गरिएको खतिवडाको ग१ख ८६८७ नं।को ट्रक महानगरिय प्रहरी बलले नियन्त्रणमा लिएको हो । खतिवडाले उक्त ट्रकलाई फेवातालको सिमसार क्षेत्र पुर्ने अवैध कार्यमा समेत पटक पटक प्रयोग गर्दै आएका छन् । उनको यो ट्रक महानगर प्रहरीले कयौँ पटक नियन्त्रणमा लिएको छ । अव उपरान्त अवैध कार्य नगर्ने सर्तनामा गरी उनले महानगरको आर्थिक ऐन अनुसार जरिवाना तिरेर फिर्ता लैजाने गरेका थिए ।


फेवातालको ६५ मिटर भित्रको क्षेत्रमा कुनै पनि संरचनाहरू निर्माण नगर्नरनगराउन सर्वोच्च अदालतले दिएको आदेश बमोजिम प्रदेश सरकारसँगको समन्वयमा महानगरपालिकाले प्राविधिक नापजाँचको काम गरिरहेको छ । 


यसअघि फेवाताल कै चार किल्ला भित्रको क्षेत्रमा माटो पुर्ने अर्का एक जनालाई महानगरपालिकाले रु १० हजार जरिवाना गरेको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्